आहाल भए भोजपुरका सडक (हेर्नुहोस् फोटो फिचर)


 


behal sadak 2भोजपुर, साउन २५

दलहरुको सहमति अनुसार भर्खरै प्रदेश १ अन्र्तगत पर्ने पूर्वि पहाडी जिल्ला भोजपुरको यी सडकका दृश्यहरु हुन् । अचम्म लाग्न सक्छ यस्तो पनि सडक हुन्छ ? हो यस्तै छ भोजपुरको सडक । अनि आज मात्रै हैन् बर्खा लाग्न साथ विगत सात बर्षदेखी यी दृश्यका साक्षी बनेका छन् भोजपुरबासी ।

साँच्चै सडक सडक जस्ता छैनन र देखिदैनन् पनि । तस्बिर कैद गर्दा यस्तो लाग्छ यी त खेतका गराहरु हुन्, जो रोपाइँका लागि तयार छन् । र, अब यहाँ चाँडै रोपाइँ हुँदैछ । बिडम्बना ! रोपाइँका लागि यी तयार खेतका गरा नभएर दिनहुँ सर्वसाधारण आउजाउ गर्ने सडककोे दुरबस्था हो यो ।

behal sadakअझ दुर्भाग्य के भने यो सडक त भोजपुर सदरमुकामकै हो, जहाँ चिल्ला गाडी चढ्ने देखी हुनेखाने मानिसहरु नै बढी बस्छन् । उनिहरुकै बोलवाला छ । तर दृश्यले भन्छ, यो सडक हैन् केबल खेतका गराहरु हुन् ।

बर्खा लागेपछिको यी दृश्य भोजपुर सदरमुकाममा मात्र हैन यहाँका यत्रतत्र ठाउँमा यस्तै छ हालत । सडक हिलाम्मे, जलाम्मे र आहाल भएका छन् । जसका कारण धेरैतिर सडक यातायात बन्द छ । सडक अवस्था यस्तो हुँदा धेरै तिर त सवारी साधन गुड्न नै छाडिसके, बाँकी ठाउँमा जोखिपूर्ण ढंगले गुड्दैछन् ।behal sadak 1

बर्षेनी यी सडकको मर्मत संहार हुन्छ, काम गरुञ्जेल तर काम सकिएको भोलिपल्ट यस्तै भइहाल्छ । अझ यो खण्ड त नगरपालिका क्षेत्रमै पर्छ । सडक यस्तो हुँदा स्थानीयले त दुःख पाएका छन् नै यी दृश्यले नगरपालिकालाई समेत गिज्याइरहेको छ ।

बर्षनी लाखौ रुपैयाँ खर्चिएर मर्मत संहार गरिएका यी सडकले सरकारी संयन्त्र र लगानीलाई समेत गिज्याइ दिएको छ । असारको विकासको प्रभाव यो साउनको अन्तिम हप्ता देखिएको यो दृश्यले बताउँछ ।

यहाँ कतै ट्रक हिलोमा भासिएको, कतै बस हिलोमा गाडीएको, कतै सवारी साधन तान्दै, कतै खन्दै यात्रु र सवारी साधन गुड्ने गरेका छन् । यहाँका धेरै ठाउँमा सडक यातायात बन्द छन् ।

सदरमुकाम प्रवेश मार्गको सडकको यो दुरवस्थाले जिल्ला बाहिरबाट आउने यात्रुहरु भनिरहेका छन्, विकास त होस्, तर भोजपुरको जस्तो यस्तो अवस्था नहोस् ।

behal sadak 6 behal sadak 7 behal sadak 8 behal sadk 3

प्रकाशित मिति: २५ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्