तपाईको भाग्य कस्तो छ ? आफ्नो भाग्य यसरी आफैं हेर्नुहोस्


 


कहाँ हुन्छ भाग्य रेखा  तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो

खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ ।

कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ ।

विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् ।

त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्