भोजपुरको कोटमा आगलागी, एक घर जलेर नष्ट



भोजपुर, मंसिर ११
भोजपुरको ट्याक्के मैयुङ गाउँपालिका ७ कोटमा आइतबार साँझ आगगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

हिजो बेलुका करिब साढे पाँच बजेतिर रणबहादुर राईको दुईतले घर जलेर नष्ट भएको हो । घरमा खाना बसाएर घाँस काट्न बाहिर गएपछि आगो सल्किएको प्रहरीलाई उधृत गर्दे स्थानीयले बताएका छन् ।

आगलागीबाट राईको घरमा रहेको सबै सामान नष्ट भएको ७ नम्बर वडाका वडाध्यक्ष उद्धब राईले जानकारी दिए ।

आगलागीबाट चार लाखको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्