अमेरिकामा धेरैले काम पाउन थाले


 


americaन्युयोर्क ,साउन २६

अमेरिकाले गत जुलाईमा मात्र थप २ लाख १५ हजारलाई काम दिएको छ । रोजगारी सृजना भएपनि बेरोजगारी दर भने ५ दशमलब ३ प्रतिशत नै रहेको उल्लेख छ । अमेरिकी श्रम विभागद्धारा हालै सार्वजनिक प्रतिवेदन अनुसार खुद्रा व्यवसाय, स्वास्थ्य, प्राविधिक र वित्तिय क्षेत्रबाट धेरैले काम पाएका हुन् ।

यसले अमेरिकी अर्थतन्त्र सुधारिदै गएको प्रष्ट हुने विभागको भनाई छ । बिबिसीमा प्रकाशित गरेको समाचार अनुसार गत एक वर्षको अवधीमा थप १४ लाख मानिसले काम पाएको विभागको प्रतिवदेनमा छ । त्यस्तै गत फेब्रुअरीदेखि हप्तामा औसत साढे ३४ घण्टा काम गर्न पाउने व्यवस्था छ, यो अहिलेसम्मकै बढी समय भएको समाचारमा उल्लेख छ ।

काम गर्ने संख्या मात्र नभई प्रतिघण्टा काम गरेवापत दिइने पारिश्रमिकमा पनि शुन्य दशमलब २ प्रतिशत बृद्धि भएको छ । प्रतिवेदनले आगमाी सेप्टेम्बरसम्म भने अमेरिकामा ब्याजदर केही बढ्ने सम्भावना देखाएको छ । आउने केही महिनामा थप २ लाख २५ हजारलाई काम दिइने समाचारमा छ ।

कान्तिपुर दैनिक

प्रकाशित मिति: २६ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्