मलेसियामा ४६ जना नेपाली पक्राउ


 


मलेसिया , साउन २६

मलेसियामा गैरकानूनी हैसियतमा रहेको आरोपमा ४६ जना नेपाली कामदार पक्राउ परेका छन् । उनीहरुलाई मलाकास्थित विभिन्न स्थानहरुबाट पक्राउ गरिएको त्यहाँस्थित अध्यागमन अधिकारीलाई उध्दृत गर्दै समाचार संस्था बर्नामाले जनाएको छ ।

ती स्थानहरुमा गत साता धरपकड गरि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा ४६ नेपालीसहित १० जना पाकिस्तानी, २० जना बंगलादेशी, १२ जना इण्डोनेसियाली, २१ जना बर्मेली र १/१ जना भारतीय र भियतनामी छन् ।

प्रकाशित मिति: २६ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्