भुजेली मन्दिरको शिलान्यास
भोजपुर, मंसिर १८
भुजेली पर्वको अवसरमा रामप्रसादराई गाउपालिका वडा नं ४ दलगाउँ भुजेल डाँडाँमा भुजेली मन्दिरको शिलान्यास भएको छ ।
रामप्रसादराइ गाउपालिका उपप्रमुख सम्झना राईको प्रमुख आथित्यमा भएको कार्यक्रममा वडा नं ४ दलगाउँ वडाध्यक्ष फौदसिह कार्की लगायतका व्यक्तिको उपस्थिति रहेको थियोे ।
मन्दिर शिलान्यास उपप्रमुख समझना राई वडाध्यक्ष फौदसिह कार्की तथा भुजेल टोलका वृद्ध रैन्द्र बहादुर भुजेलले संयुक्तरूपमा गर्नुभयो ।
कार्यक्रममा भुजेलको थानि पुजा गरी प्रसाद ग्रहण समेत भएको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष नगेन्द्र भुजेल (हरि) को सभापतिमा भएको कार्यक्रममा समितिका सचिव सविन भुजेलले संचालन गरेका थिए ।
मन्दिर निर्माणका लागि ९ लाख लाग्ने बताइएको छ । अहिलेसम्म २ लाख रकम जम्मा भएको भुजेल समाजका सल्लाहकार निमकुमार भुजेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार
















