भोजपुरमा हवाई उडानको भाडा कति घट्यो ?


 


SAM_5826भोजपुर, साउन २७

नेपाल आयल निगमले हवाई इन्धन (एयर टर्बाइन फ्युल) को भाउमा १५ रुपैयाँ घटाएर प्रतिलिटर १ सय १८ रुपैयाँ कायम गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले गत मंगलबार भाडा घटाउने निर्णय गरेको थियो । जसअनुसार यतिबेला देशभर हवाई उडानको भाडा घटेको छ । जुन निर्णयले  भोजपुरमा पनि हवाई उडानको भाडा घटेको छ ।

भोजपुर- काठमाडौं, भोजपुर विराटनगर दुबैतिर हवाई उडानको भाडा घटेको हो । अब नेपाल बायुसेवा निगमको जहाजमा भोजपुरबाट काठमाडौं जान चार हजार दुई सय ४५ (४२४५) रुपैयाँ लाग्ने भएको छ भने काठमाडौंबाट भोजपुर अाउन चार हजार चार सय ३५ (४४३५) रुपैयाँ लाग्ने छ । यसअघि भोजपुर–काठमाडौ टिकको मूल्य चार हजार छ सय पाँच रुपैयाँ थियो ।

त्यस्तै अब भोजपुरबाट विराटनगर जानको लागि दुई हजार चार सय रुपैयाँ लाग्ने छ भने विराटनगरबाट भोजपुर अाउन दुई हजार पाँच सय ९० रुपैयाँ लाग्ने भएको छ । यसअघि भोजपुर –विराटनगर टिकटको मूल्य दुई हजार छ सय रुपैयाँ थियो । त्यस्तै तारा एयरको जहाजको टिकटको मूल्यमा पनि दुई सय घटेको छ । अब भोजपुरबाट काठमाडौं जान ५१३० रुपैयाँ र काठमाडौंबाट भोजपुर अाउन ५३३० रुपैयाँ लाग्ने भएको छ । यसअघि तारा एयरको भोजपुर–काठमाडौ टिकटको मूल्य पाँच हजार पाँच सय ५० रुपैयाँ थियो।

नेपाल बायुसेवा निगमको जहाजले आइतबार, मंगलबार, शुक्रबार, र शनिबार काठमाडौं–भोजपुर र मंगलबार र शनिबार विराटनगर–भोजपुर नियमित उडान गर्देछ भने तारा एयरले भोजपुर–काठमाडौ हप्तामा एक दिन विहिबार नियमित उडान गर्दे अाएको छ ।

यो पनि पढ्नुहोस्

हवाई उडानको भाडा घट्यो, कहाँ जाँदा कति भाडा ?

यस्तो भयो भोजपुर विमानस्थल, यसरी अायो जहाज (भिडियो सहित)

प्रकाशित मिति: २७ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्