किन ओरालो लाग्दैछ सेयर बजार ? यस्तो छ कारण
काठमाडौं, पुस ५
धितोपत्र बजारमा कारोबार भएका अधिकांश कम्पनीको भाउ मंगलबार घटेको छ । बाम गठबन्धनको सरकार बन्ने हल्लासँगै उकालो लागेको नेप्से पुनः यो साता घट्न थालेको हो ।
नेप्से परिसूचक मंगलबार एक हजार पाँच अंक तल झरेको छ । सेयर बजार मागभन्दा आपूर्ति बढेको र बैंक तथा वित्तीय संस्थाको नाफा घटेका कारण बजार ओर्लिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।
नयाँ सरकार आएपछि बजार सुधारको पक्षमा देखिने उनको अनुमान छ।
लामो समयसम्म घटेर स्थिर रहेको बजार राजनीतिक स्थिरतासँगै बढ्ने आशा गरे पनि सोहीअनुरुप नबढेको एक ब्रोकरले बताए।
‘राजनीतिक अन्योल देखिएको छ, सोही कारण बजार घटेको होु, उनले भने, ‘बजार घट्ने अन्य कुनै कारण छैन।ु नयाँ सरकार गठन भए बजार फेरि बढ्न थाल्ने उनले बताए ।
यदि बैंकमा लगानीयोग्य पुँजी नहुने हो यसको प्रभाव अझ सेयर बजारमा देखिन सक्ने उनले बताए । अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति: ५ पुस २०७४, बुधबार
















