युएईमा मृत्युसँग लड्दै नेपाली चेली


 


युएई (अलऐन),  साउन ३०

al ain al zimi aबैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स युएईको अलऐन आएकी एक नेपाली महिला प्यारालाइसिसका कारणअस्पतालमा मृत्युसँग संघर्ष गर्दै छिन् । रोजीरोटीका लागि युएईको एमएबी क्लिनिङ कम्पनीमा क्लिनरको रुपमा काम गर्न आएकी काभ्रे कुपिन्टारकी सोममाया तामाङ गोले यतिबेला युएईको अलऐनमा रहेको अस्पतालमा उपचाररत छिन् ।

तीन महिना पहिले स्वास्थ्य समस्या देखिए पछि गोलेलाई अलएेनमा रहेको अलजिमी अस्पताल लगिएको थियो । अस्पतालले प्यारालाइसिस भएको प्रमाणित गरेपछि उहाँको अहिले त्यहि उपचार भइरहेको छ ।

ठूलो सपना बोकेर परिवार, आफन्त र देश छोडेर बिदेशिएकी सोम माँयाको सपना अहिले अस्पतालको बेडमा सिमित भएको छ । शरीरको माथिल्लो कुनै पनि भागले काम गरेको छैन, न बोल्न सक्छिन् न कुनै ईशारानै ।

उपचारका लागि सहयोग जुटाउन आवश्यक भएको उनलाई भेटेर आएपछि तामाङ समाज युएईका केन्द्रिय सदस्य सुनिल लामाले बताए ।  यतिबेला उनको स्वास्थ्यस्थिती नाजुक रहेको र दैनिक कम्पनीमा काम गर्न सक्ने अवस्था नभएकोले आश्रित परिवारकोसमेत गर्जो टार्न समस्या छ ।

गोलेको अहिलेसम्म उपचार खर्च कम्पनीले नै ब्यहोरेको छ । उनको उपचारमा ३ लाख युएई दिराम खर्च भई सक्दा पनि निको नभएपछि कम्पनीले नेपाल पठाउने तयारी गरेको छ ।

परिवारमा आर्थिक समस्या भएकोले परिवारकी जेठी छोरी उनी उमेर बढाएको पासपोर्ट बोकेर युएई गएकी थिईन् । गोलसँगै काम गर्ने साथीहरुले काभ्रेमा रहेका परिवारलाई उहाँको स्थितिका बारेमा जानकारी गराइसकेका छन् ।

उज्यालो अनलाइनको सहयोगमा

प्रकाशित मिति: ३० श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्