भोजपुरमा ७४ विद्यालय र ५९ सरकारी कार्यालयमा क्षति


 


भोजपुर, जेठ १०
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पबाट भोजपुरमा ७४ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । २६ सामुदायिक विद्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् भने बाँकी विद्यालयमा आशिंक क्षति पुगेको जिल्ला दैवि प्रकोप उद्धार समिति भोजपुरले जनाएको छ । जाल्पा मावि खाटम्मा, प्रजातन्त्र मावि खाटम्मा, विरेन्द्र उच्च मावि कुलुङ, पञ्चकन्या प्रावि दोभाने, सिंहदेवी प्रावि दोभाने, सालेवा प्रावि दोभाने, आइतबारे निमावि दोभाने, महाकाली प्रावि खावा लगायत २६ विद्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । यी विद्यालयमा कतै पाल टांगेर पठनपाठन भईरहेको छ भने कतै पठनपाठन बन्द छ । सिलिचुङ प्रा.वि.खाटम्मा, आम्तेक मा.वि.आम्तेक, पन्चकन्या प्रा.वि. बैकुण्ठे, जलकन्या प्रा.वि.देवानटार, जाल्पा प्रा.वि. प्याउली लगायत ४८ विद्यालयमा आंशिक क्षति पुगेको हो । ५९ वटा सरकारी कार्यालयमा भुकम्पबाट क्षति पुगेको छ ।

SAM_5026

१६ सरकारी कार्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । स्वास्थ्य चौकी, गाविस कार्यालयमा सर्बभन्दा बढी क्षति भएको छ । स्वास्थ्य चौकी दोभाने, श्यामशिला गाविस कार्यालय, खाटाम्मा, पाङ्चा गाविस कार्यालय, प्रहरी चौकी, जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय भोजपुर पुर्ण रुपले क्षतिग्रस्त छन् । खानेपानी कार्यालयमा रातो टाँचा समेत लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, पशु सेवा कार्यालय, गाउँका गाविस भवन, पशु स्वास्थ्य कार्यालय, गाउँका प्रहरी चौकीमा आंशिक क्षति पुगेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्