मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलमा चापागाईं



इजरायल, पुस ३०

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार साझ इजरायलको तेलअभिवमा सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

मातृभूमिका लागि पर्वत सेवा समाज रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालको पर्वत जिल्लाका पर्वेतली आबद्ध संस्था हो । नवगठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशुम कुमाल, उपाध्यक्षमा ज्योति शर्मा, महासचिवमा हिरा श्रेष्ठ र कोषाध्यक्षमा नारायण गौडेल रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ता सुवेडी, रमा जोशी, राधा जोशी, मञ्जु गुरुङ, सुशील हमाल र सरस्वती लामिछाने चयन भएका छन् भने सल्लाहकारमा नरेन्द्र क्षेत्री, ओबी भूसाल र रामचन्द्र लामिछाने चयन भएका छन् । अधिवेशनले सल्लाहकार क्षेत्रीलाई संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक र उपाध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय समन्वय सहसंयोजकको जिम्मेवारी समेत दिएको छ ।

इजरायलस्थित विभिन्न संघसंस्था, कलाकारहरुको उल्लेख्यिय उपस्थिती रहेको सो कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिए ।

नवनिर्वा्चित अध्यक्ष चापागाईंले आफूले सबैसँग सरसल्लाह एबम् समन्वय गरेर काम गर्ने बताएकी छन् । उनले आफू मातहतको समितिलाई आवश्यक पर्ने सहयोग र सल्लाह दिई सहयोग गरिदिनहुन सबैलाई आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News