क्यानडा, ब्राजिल र जोर्डनबाट कति नेपाली कामदारको माग अायो ?


 


काठमाडौं, भदौं ३

नेपालमा क्यानडा, ब्राजिल, जोर्डनलगायतका देशहरुबाट नेपाली कामदारको माग आएको छ।  ती देशहरुले श्रम सम्झौता गर्न लागि नेपाल सरकारसँग पत्राचार गरेका छन्।

क्यानडा र ब्राजिलले कामदार माग गरिसकेका छन् भने जोर्डन टोली अाज नेपाल अाउँदैछ । क्यानडा र ब्राजिलबाट कृषिका लागि नेपाली कामदारको माग आएको हो । सरकारले समयमै ध्यान नदिदाँ न्युजिल्याण्डबाट आएको  नेपाली कामदारको कोटा गुमेको बुझिएको छ ।

‘२ सय जनाका लागि न्युजिल्याण्डले नेपाली कामदार माग गरेको थियो, म्यानपावर कम्पनीहरुले पनि त्यता ध्यान दिएनन्’ श्रम विभागका महानिर्दैशक भरत सुवेदीले भने ‘सरकारी निकाय पनि मौन बस्दा कोटा गुम्यो।’

इजरायलसँग कामदार लैजाने विषयमा सम्झौता भएको भन्दै उनले १ वर्षभित्र २० वटा देशसँग श्रम सम्झौता गर्ने जानकारी दिए। सरकारले न्युनतम लागतमा नेपाली कामदार पठाउने निर्णयले कामदारको कोटा गुम्छ भन्नु तर्कपूर्ण कुरा नभएको उनले बताए।

सरकारले गत असार २१ गतेदेखि न्युनतम लागतमा नेपाली कामदार विदेश पठाउने निर्णय लागू गरेको छ। धेरै निर्णय लागु हुदाँ कामदारको कोटा गुम्छ भनेका थिए। तर पछिल्लो समय सरकारी निर्णयले कामदारको कोटा नघट्ने पुष्टि भएको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बताए।

प्रकाशित मिति: ३ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्