मलेसियामा एक नेपालीको मृत्यु


 


 मलेसिया, भदाै  ४

कामका लागि मलेसिया गएका एक नेपालीको जेनेरेटरले किच्दा मृत्यु भएको छ। लोडअनलोडका क्रममा एक्स्काभेटरले उचालेको जेनेरेटर अकस्मात खुस्किएर खस्दा खोटाङको दिक्तेल नगरपालिका–९ बाम्राङका २६ वर्षीय रबिन राईको मृत्यु भएको हो।

जेनेरेटरले किचिएका राईको घटनास्थलमै मृत्यु भएको उनका पिता अर्जुन राईले बताए। दुई वर्षअघि मलेसिया पुगेका राई माछालाई चारो हाल्ने काम गर्दै आएका थिए।

बिवाह गरेलगत्तै मलेसिया गएका राईको शव ल्याउने पहल भइरहेको आफन्तले बताएका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्