​नौ सहसचिवको सरुवा (को-कहाँ पुगे ? हेर्नुहोस्)


 


काठमाडौ, ४ भदौ

सामान्य प्रशासन मन्त्रालयले निजामति सेवाका नौ जना सहसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार पर्यटन मन्त्रालयका तुल्सी गौतमलाई राष्ट्रिय योजना आयोगमा, काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालको सहकारी तथा गरिवी निवारण मन्त्रालयमा,सार्वजनिक खरिद अनुगमन कार्यालयका चन्द्रमान श्रेष्ठको भौतिक योजना मन्त्रालयमा सरुवा भएको छ  ।

भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयका मधुसुदन बुर्लाकोटीको स्थानीय विकास मन्त्रालयमा,सम्पत्ति सुद्धिकरण कार्यालयका जीवन शिवाकोटीको अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा,सहकारी मन्त्रालयका बिष्णु पोखरेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा,राष्ट्रिय सूचना आयोगका पुरुषोत्तम कुँंवरको लोकसेवा आयोगमा र स्थानीय विकास मन्त्रालयका चन्द्र ढकालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

प्रकाशित मिति: ४ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्