बालिकाले होस्टलमै बच्चा जन्माएपछि बबाल ! दुई जना पक्राउ


 


एजेन्सी
भारतको उडिसामा होस्टलमा एक छात्राले बच्चा जन्माएकी छन् । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको छ ।

घटना लुकाउन खोजेपछि दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले प्रधानाध्यापक कैलाश बर्मा र होस्टल सुपरीटेन्डेन्ट सबिता गुरुलाई नियन्त्रणमा लिएको हो ।

सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त विद्यालय आदिवासी जनजातिका बच्चाहरुले पढ्ने आवसीय स्कुल हो । छात्राले ४ फेब्रुअरीमा बच्चा जन्माएकी थिइन् । जनवरीदेखि यता स्कुलमै छात्राले बच्चा जन्माएको यो दोस्रो घटना हो ।

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्