कतारको आगलागीले १४० नेपालीको बिचल्ली


 


katar ma bichalniदोहा, भदाै ४

कतारको राजधानी दोहाबाट ६० कि.मी टाढा रहेको साहानियास्थित नेपाली श्रमिक शिविरमा आगलागी हुँदा ४ सय भन्दा बढी कामदारको विचल्ली भएको छ । प्रायः कामदारका पार्सपोर्ट र क्याम्पका सबै सामान पूर्णरुपमा नष्ट भएका छन् ।

मंगलबार मध्यान्ह सबै डिउटी गएकाबेला विद्युत सर्ट भएर आगलागी भएकाले मानवीय क्षति भने भएको छैन । सो क्याम्पमा १ सय ४० भन्दा बढी नेपाली बस्दै आएका थिए । यो अन्य देशका कामदार भन्दा बढी संख्या हो ।

उनीहरु कतारको वाटर मास्टर कम्पनीमा कार्यरत थिए । अहिले उनीहरुलाई साहानियाको युसीसी क्याम्पमा अस्थायी बसोवासको ब्यबस्था गरिएको छ । आगलागी भएपछि उद्धारका लागि कम्पनी ब्यवस्थापन खटिएको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्