मेक्सिकोमा सामूहिक चिहान भेटियो, धमाधम शव भेटिदै



मेक्सिको सिटी, माघ ४

मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

“शुरुमा शनिबार एक ठाँउमा शवहरू भेटिएका हुन्, त्यहाँ नौ वटा शव थिए,” एक जना सरकारी अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई भने ।

उनका अनुसार शव भेटिएको ठाँउ ग्रामीण क्षेत्र पर्दछ, तर केरा लगाइएको ठाँउबाट धेरै टाढा छैन ।  त्यस बाहेक अन्य ठाँउमा पनि खोज्दै जाँदा ३२ वटा शव भेटिएको र त्यसलाई निकालिएको स्रोतले जनाएको छ ।

सामूहिक चिहानमा शव खोज्नेहरूले अहिले पनि घटनास्थलमा खोजी कार्य जारी राखेकाले अरू पनि भेटिनसक्ने अनुमान गरिएको छ ।

सामूहिक चिहान भेटिएका ठाँउहरूमा ठूलो अमानवीय हिंसा भएको थियो । अधिकारीहरूका अनुसार गत वर्ष त्यस ठाँउमा ११७ जना हराइरहेका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News