चरी र घैंटे मारिएपछि डनहरुको भागाभाग


 


काठमाडौं, भदाै ५

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् । राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरु समेत घैंटेको घटनापछि उनिहरु असुरक्षित महसुस गरी देशै छाड्ने तयारी गरिरहेका छन् ।

यो बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।  प्रहरीहरु आफुहरुविरुद्ध आक्रामण भएपछि उनी भाग्ने तयारीमा रहेका हुन् । अरु केहीलाई पनि प्रहरीले निसानामा राखेको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्