यी चार जिल्ला टुक्रिएरै छाडे


 


काठमाडौं, भदाै ५

चार दलले संघीयताको नयाँ नक्सामा  अन्ततः सात वटा प्रदेश बनाउने निर्णय गरे । यी प्रदेशको नयाँ सीमांकनमा ४ जिल्ला भने टुक्र्याइएको छ।  रुकुम, बाग्लुङ, नवलपरासी र पर्सा जिल्लाका केही भाग टुक्रिने भएका हुन्।

२ नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाविस र केही भाग तीन नम्बर प्रदेशमा राखिएको छ। नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भागलाई छुट्याएर ४ नम्बर प्रदेशमा राखिएको छ। परासी बजारसहितको पश्चिमको भाग प्रदेश नम्बर ५ मा राखिएको छ। ४ नम्बर प्रदेशमा राखिएको  नवलपरासीको पूर्वी भागले ४ नम्बर प्रदेशलाई भारतसँग जोड्छ।

त्यस्तै बाग्लुङ जिल्लालाई  पनि लगभग आधा पारेर पूर्वी भाग ४ नम्बरमा  प्रदेशमा र पश्चिमी भाग ५ नम्बर प्रदेशमा  राखिएको छ। मध्यपश्चिमको पहाडी जिल्ला रुकुमलाई  टुक्राएर  मगर बाहुल्य रहेको पूर्वको आधा भाग ५ नम्बर प्रदेशमा राखिएको छ भने आधा भाग नयाँ बनाइएको सल्यानसहितको भेरी र कर्णाली अञ्चलका जिल्लाहरुको  ६ नम्बर प्रदेशमा राखिएको छ।

 

प्रकाशित मिति: ५ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्