अस्ट्रेलियामा नेपाली युवक प्रेमिकासँगै मृत भेटिए



सिड्नी, माघ ४

सिड्नीको पर्यटकीयस्थल न्यु टाउनमा ३० बर्षिय नेपाली युवा ब्राजिल गुरुङ मृत अवस्थामा फेला परेका छन् ।

उनिसँगै ब्रिटीस ब्याकप्याकर प्रेमिका एमेलिया ब्लाक पनि मृत अवस्थामा भेटिएकी छिन् ।

चिपनडेलको एउटा रेष्टुरेन्टमा सेफको काम गर्ने गुरुङ र उनकी प्रेमिकाको न्युटाउनस्थित उनको डेरामा मृत अवस्थामा भेटिएपछि प्रहरीले शवको पोष्टमार्टमको लागि अस्पताल लगेको छ ।

केटीभन्दा केही जेठा गुरुङले पहिला ब्रिटिस गर्लफ्रेन्डलाई हिर्काएर आफु पनि सुसाइड गरेको हुनसक्ने अष्ट्रेलियाबाट प्रकाशित हुने हेली टेलिग्राफ र मिररले उदृत गरेका छन् ।

करिब आठ महिनाअघि अष्ट्रेलिया आएकी ब्रिटिस एमेलियाले केही समय भिक्टोरियाको फार्ममा काम गरेर सिड्नी आएकी थिइन् ।

सिड्नीमा एकै रेष्टुरेन्टमा काम गरेपछि यी दुईबीच आपसी सम्बन्ध गाँसिएको थियो । प्रेमिकासँगै बस्दै आएकी एमेलियाको टाउँको र हातमा चोट देखिएको छ ।

यस्तै उनका प्रेमी गुरुङको घाँटीमा पाँसो लगाइएको बताइएको छ । यकिन यही हो भन्न सकिने अवस्था छैन्, तर त्यहाँका मिडियाले भने गुरुङले प्रेमिकाको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका गरेका छन् ।

प्रहरीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र सत्यतथ्य आउने जनाएको छ । छिमेकी तथा रेष्टुरेन्टका सहपाठीले गुरुङ मिलनसार रहेको र दुबै खुसीयालीसाथ बसेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News