सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु



अफगानिस्तान,  माघ ५

अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ ।

“प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,” एक जना स्थानीय सरकारी अधिकारीले भने ।

उनले थपे, “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकै रहेको प्रहरी चौकीमा घटना भएको हो, घटना लगत्तै नौ जनाको घटनास्थलमै मृत्यु भएको छ ।”

हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाका बारेमा थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News