२० जना सांसदको पद खारेज हुने



नयाँदिल्ली, माघ ६
भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

उनीहरू सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ ।

“निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरू सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्,” श्रोतले भन्यो ।

प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरूलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

दिल्ली संसदका ती २० जना सदस्यहरू माथि कारबाही भएर सांसद पद खारेज भएमा आम आदमी पार्टीको सरकारलाई चुनौती हुनेछ ।

दिल्ली संसदका ७० जना सांसदमध्ये आम आद्मी पार्टीका मात्रै ६५ जना सांसद रहेका छन् ।

अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएमा उनीहरूको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पदपुिर्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

मन्त्रीलाई सहयोगका लागि सरकारले संसद सचिवहरू प्रायजसो नियुक्त गर्ने गर्दछ । सरकार परिवर्तन भएको वेला उनीहरूलाई नयाँ सरकारले फेरबदल पनि गर्न सक्छ ।

पूर्व नागरिक अभियन्ताबाट राजनीतिज्ञमा रूपान्तरण हुनु भएका केजरीवालले आम आद्मी पार्टीको तर्फबाट होस् वा मुख्य मन्त्रीको रूपमा होस् विकासका बारेमा आवाज उठाउने गर्नु भएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News