थानेश्वरलाई बचाउन प्रवासी नेपालीले गरे सहयोग




काठमाडौं, माघ ७
वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरवको जेलमा बन्दी जीवन व्यतित गरिरहेका थानेश्वर भुषाललाई कारागारबाट मुक्त गर्न प्रवासी नेपाली युवाहरु जुटेका छन् । प्रवासी नेपाली समन्वय समितिले संकलन गरेको रकम शुक्रबार हस्तान्तरण गरिएको छ ।

भुषाल बचाउ अभियान अन्तर्गत संकलन गरेको २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले उपलब्ध गराएको रु १५ लाख ५० हजारको वेग्ला वेग्लै चेक नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम साउदी अरेवीयाको नेपाली महावाणिज्य दूतावासमा पठाई थानेश्वर भुषाललाई जेलबाट रिहा गर्ने प्रक्रिया सुरु गरिने परराष्ट्र सचिव वैरागीले जानकारी दिनुभएको छ ।

सहयोग रकम जुटाएकोमा उहाँले गैरआवासीय नेपाली संघ र प्रवासी नेपाली समितिलाई धन्यवाद व्यक्त गर्नु भयो ।

शुक्रबारको सहयोग रकम संघले आफ्नो राहतकोषबाट रु १२ लाख ५० हजार, एनसिसि साउदी अरेवीयाले रु २ लाख ५० हजार र एनसिसि मलेसियाले रु ५० हजार उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News