हेलिकोप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु



लस एन्जेलस, माघ ७

अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।

शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको फक्स न्युज च्यानलले समाचार प्रसारण गरेको छ ।

दुर्घटनामा परी एकजना विमान चालक र अर्का सहचालकको मृत्यु भएको सो समाचारमा जनाइएको छ ।

पेन्टागनका सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेसन एस ब्राउनले भन्नुभयो, “घटनाका बारेमा अहिले अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक रुपमा हेर्दा हेलिकोप्टर दुर्घटनामा परेको पाइएको जनाएको छ ।”

नियमित प्रशिक्षण तालिकाअनुसार उडान भइरहेका बेला हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । घटनास्थल लस एन्जेलसदेखि २४० किलोमिटर टाढा पर्दछ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News