अाजको राशिफल


 


अाज वि.सं. २०७२ साल भदौ ७ गते सोमबार। इश्वी सन् २०१५ अगस्ट २४ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। तपाईको अाजको राशिफल यस्तो छः

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ काम सुरु गर्ने समय छ। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

काममा लगानी बढाउने समय छ। शोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम तत्काल बन्न सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। आफन्तजनबाट अलि टाढिनुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धेरै मेहनत गर्दा तत्काललाई थोरै मूल्य पाइएला। उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ। नयाँ काम सुरु गर्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेहनत गर्दा भाग्योन्नतिको समय छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्