कुबेतमा दुई नेपालीको मृत्यु


 


kubetकुबेत, भदाै ७

कुबेतमा हृदयघात कारण दुई नेपालीको मृत्यु भएको छ । झापाका दुर्गाप्रसाद ढुंगेल र कुमार पौडेलको हृदयघातका कारण मृत्यु भएको हो ।बिगत चार बर्षदेखि कुवेतको तान्जिप कम्पनीमा कार्यरत नेपालको झापा जिल्ला गौरादह निवासी ४३ वर्षीय दुर्गाप्रसाद ढुंगेलकाे हृदयघातबाट मृत्यु भएकोे हाे ।

उनि शनिबार राती १० बजेको समयमा साथीहरुसँंग गफ गर्दा गर्दै ढलेका थिए । ढुंगेललाई सँगै रहेका साथी टिकाराम आचार्यले शनिवार राती नै फर्वानिया हस्पिटल पुर्याएका थिए ।

कुबेतको नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ढुंगेल मेचीकाली एकता समाजका अध्यक्ष, कोशेली समुह र झापाली समाज कुबेतका सचिव थिए । सामाजिक कार्यमा पनि उत्तिक्कै खट्ने ढुंगेल केही वर्षदेखि पत्रकारिता समेत सुरु गरेका थिए । ढुंगेलका श्रीमती र दुई छोरी छन् ।

यस्तै कुबेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत झापा दामुनका ३६ वर्षका कुमार पौडेलको हृदयघातकै कारण निधन भएको छ । कुबेतको मीनअब्दुल्लाबाट अाफ्नो कार्यालय समय सकेर फेन्टासस्थित कम्पनी क्याम्पमा आएपछि अचानक रक्तचाप बढेको थियो ।

रक्तचाप बढेपछि प्यानाडोलको औषधि सेवन गरेका उनी एक्कासी भुइँमा ढलेका थिए । पौडेल ढलेपछि अताल्लिदै संगै रहेका साथीले अस्पताल लैजाने तयारी गर्दा गर्दा निधन भएको उनका साथीहरुले बताएका छन् । दुबैको शव नेपाल पठाउन पहल भईरहेको नेपाली दुताबासले जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्