जन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते



बैतडी, माघ १०
बैतडीको सतबाँझ-पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाटन नगरपालिका-५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया- २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नंको जिप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नं जिप सिउडे बजार नजिकै आज १२:१५ बजे ठोक्किँएको जनाएको छ । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News