विहानै जीप दुर्घटना, एकको मृत्यु



पाल्पा, माघ ११

पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News