बाल्टिनमा डुबेर बालिकाको मृत्यु 




कपिलवस्तु, माघ १२

एक बालिकाकोे बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो ।

पानीका डुबेर गम्भीर घाईते भएकी बालिकालाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षण पछि बिहीबारनै परिवारको जिम्मा लगाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News