५० किलो चरेशसहित २ जना पक्रउ
रोल्पा , माघ १४
माडीगाउपालिका -२ घर्तीगाउबाट आज बिहान प्रहरीले ठुलो मात्रामा चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्ररी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताईएको छ ।
चरेश भटिएको ठाउ इलाका प्रहरी कार्यालय घर्तीगाउदेखि १० मिनेटको दुरीमा रहेको छ ।
थवाङ गाउपालिका- ३ मिरुलका २२ वर्षिया शेरबहादुर बुढा र अर्का २२ वर्षिया प्रश्न बुढामगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३ः३० बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।