अमेजनमा भेटियो अनौठो पन्छी, विज्ञान जगतमा मच्चियो खलिबली


 


एजेन्सी
अमेजन अहिले चर्चामा छ । मनमोहक ठाउँ भएकै कारण चर्चित अमेजन अहिले फरि खास प्रकारको पन्छी भेटिएपछि थप चर्चामा आएको हो । जसले विज्ञानलाई पनि चुनौति दिएको छ ।

एजेन्सीकाअनुसार वैज्ञानिकले अमेजनको वर्षा वनमा पहली पटक यस्तो खालको पन्छि देखेका छन्, जुन हाइब्रिड हो । वैज्ञानिले यसलाई पहिलो हाइब्रड चरा भएको दाबी गरेका छन् ।

वैज्ञानिकले यसको नाम ‘गोल्डन क्राउन क्यानाकिन’ दिएका छन्। यो पन्क्षी सबैभन्दा पहिला १९५७ मा ब्राजिलमा देखिएको थियो । त्यसपछि २००२ सम्म यो पन्छीलाई कसैले पनि देखेका थिनन् ।


क्यानडाको यूनिवर्सिटी अफ टोरन्टोका जेसन वेइरकाअनुसार जब दुई अभिभावक प्रजाति सम्पर्कमा अएर एक नयाँ बस्ती बनाउछन् र स्वतन्त्र रूपबाट नयाँ प्रजातिको पन्छीलाई जन्म दिने गर्छन् ।

यसरी जन्मने पन्छीलाई शंकर प्रजाति भनिन्छ । यो पन्छीलाई पनि शंकर प्रजाति मानिएको छ । यो विषयमा दुई अभिभावक प्रजाति स्नो क्यापड म्यानाकिन र ओपल क्राउन्ड म्यानाकिन छन् ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्