आगलागी हुदा १२ घरमा क्षति
हुम्ला, माघ १४
हुम्लाको सर्के गाउँपालिका वडा नं ७ रोडिकोट, कार्कीबाडामा आगलागी हुदा १२ घर जलेर नष्ट भएका छन् ।
उक्त आगलागीबाट खड्ग कार्की, जयबहादुर कार्की र शेरबहादुर कार्कीका घरमा राखिएका घाँर पनि जलेको छ ।
सो आगो प्रहरीचौकीका जवान र स्थानीयवासीको सहयोगले नियन्त्रणमा लिइएको वडाध्यक्ष कृष्णबहादुर जोशीले जानकारी दिनेभयो ।
हावाहुरीले छाना उडायो
यसैबिच सहारा समुह संस्था हुम्ला सिमीकोटले चलाएको विकलाङ्गहरु रहने छात्रावासको छानो हुरीले उडाएर ६ लाख क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कमलप्रसाद नेपालले पीडितलाई राहत दिन जिल्ला प्रशासन कार्यालयसँग माग गरिएको जानकारी दिनुभयो ।