ओमानमा दुर्इ नेपालीको मृत्यु


 


मस्कट,भदाै ९

ओमानमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । कसेनी-२ शिकारकोटका भवन सिंह गाहा तथा हटिया-७ बाग्लुङका गमबहादुर खत्रीको मृत्यु भएको हो ।

पाल्पाका भवनसिंह ४ बर्षअघि ओमान आई पुगेका थिए । ओमानस्थित सि.सि.सि कम्पनीमा कार्यरत २८ वषर्ीय गाहा आफ्नै कोठामा सुतिरहको अवस्थामा गत २१ अक्टोवरका दिन मृत्यु भएको थियो । मृत्युको कारण प्राकृतिक भनिएको छ ।

त्यस्तै हटिया ०७ बाग्लुङका गमबहादुर खत्रीले मंगलबार आफ्नै निवास बाहिर रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । खत्रीको मृत्युको कारण खुल्न सकेको छैन । कम्पनीले उनको मृत्युबारे केही प्रतिक्रिया दिएको छैन ।

नेपाली दुतावास श्रम सहचारी भवनाथ खतिवडाका अनुसार दुबै मृत्यु भएका नेपालीहरुको पार्थिव शरिरलाई यथाशिघ्र नेपाल पठाउनको लागि कानुनी प्रक्रिया थालिएको जानकारी दिए ।

प्रकाशित मिति: ९ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्