के तपाई निर्वस्त्र नुहाउँनुहुन्छ ? एक पटक यो अवश्य पढ्नुस है



यदि तपाई नुहाउँदा कुनै किसिको वस्त्रले शरिर नढाकी निर्वस्त्र नुहाउँदै हुनुहुन्छ भने गल त गर्दे हुनुहुन्छ । किनभने भगवान कृष्णको पालादेखि नै निर्वस्त्र नुहाउनु हुँदैन भनिएको छ ।

पद्यपुराण तथा श्रीमद्भागवत कथामा निर्वस्त्र नुहाउनु हुँदैन भन्ने कुरा सुझाएको छ । कथामा कृष्ण एक भगवान हुन्, जो संसारभरिका प्रत्येकलाई देखिरहेका हुन्छन् भनिएको छ ।

भगवान कृष्णले नदीमा नुहाइरहेका गोपिनीहरुको वस्त्र लुकाई निर्वस्त्र नुहाउन हुन्न भन्ने कुराको ज्ञान दिएका थिए । भगवान कृष्णका अनुसार निर्वस्त्र नुहाउनाले वरुण देवताको अपमान हुन्छ ।

एक बन्द कोठामा पनि भगवान र सुक्ष्म जीवहरुको उपस्थिति हुन्छ । र, नग्नताले तपाईलाई पापको भागी बनाउँछ । गरुण पुराणमा भनिएको छ, स्नान गरिरहेको समयमा पितृ अर्थात पूर्वज वरपर हुने गर्दछन् ।

नुहाउँदा वस्त्र (कपडा) बाट खसेको पानीबाट उनीहरु तृप्ति पाउँछन् । यदि निर्वस्त्र भएर नुहाउँनाले अग्रज रिसाउने भई बल, धन र सुख नष्ट हुन्छ भन्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News