अरुण गाउँपालिकाको घुम्ती शिविरमा १५९ ले पाए नागरिकता



भोजपुर, २१ माघ
भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ ।

शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

त्यस्तै कृषितर्फ १४० जना कृषकलाई बीउ वितरण, पशु सेवा कार्यालयबाट २२३ जनाले पशुपक्षीको विषयमा परामर्श लिएका छन् ।

जिल्ला वन कार्यालय र भू–संरक्षण कार्यालयमार्फत एक हजार २०० बिरुवा वितरण गरिएको छ भने घरेलुबाट तीनवटा उद्योग दर्ता तथा ६ जना उद्योगीले परामर्श लिएका छन् ।

शिविरको प्रजिअ फडिन्द्र दाहालले ३५ वर्षीया हरिमाया कार्कीलाई नागरिकता वितरण गरेर शुभारम्भ गरेका थिए ।

राज्यको सेवा जनताको घरदैलोमा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइ तथा अन्य विषयगत कार्यालयको आयोजनामा एकदिने शिविर सञ्चालन गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताए ।

शिविरबाट अरुण गाउँपालिकाका स्थानीयवासी हर्षित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News