Deshko News
११ आश्विन २०८०, बिहिबार

कङ्गोमा जातीय झडप, २६ जनाको मृत्यु



किन्सासा, कङ्गो, माघ २२

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार भएको अन्तरजातीय झगडाका कारण शुरुभएको झडपमा परी कम्तिमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन् ।

हेमा तथा लेन्डु समुदायका सदस्यबीच भएको झडपमा पूवी इत्रु प्रान्तको हेमा गाउँमा केही गाउँलेलाई हमलागरी हत्या गरिएको इत्रु प्रान्तका गभर्नरको कार्यालय निकट स्रोतले जनाएको छ । आक्रमणका क्रममा केही घरटहरामा आगो लगाइएको बताउँदै अधिकारीले भने घटनामा दर्जनौँ घरहरू जलेका बताइएको छ ।

केही दिनको झडपपछि अहिले घटनास्थलमा प्रहरी र सेना पुगेको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ । उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको लडाइँमा कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए । रासस÷सिन्ह्वा

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News