मलेसियामा यी नेपाली चेलीले किन आत्महत्या गरिन् ?


 


nilamक्वालालम्पुर, भदाै ११

मलेसियामा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । पाँचथरको भारपा ७ की २७ वर्षकी निलम पन्धाकले बुधबार बिहान उनि बस्ने होस्टलको ट्वाइलेटमा डोरीको पासो लगाइ आत्महत्या गरेकी हुन् ।

निलम मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत थिइन् । उनी १० महिना अगाडि रोजगारको लागिमलेसिया पुगेकी थिइन ।

उनको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पतालमा राखिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाउने तयारी भइरहेको मृतकका नातेदार राजन सुब्बाले जानकारी दिए । लिलमका श्रीमान र एक छोरा रहेको बुझिएको छ ।

 

प्रकाशित मिति: ११ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्