नेपाल पुलिस र इफाद क्लब विजयी


 


नेपालगञ्ज, फागुन ५

यहाँ सञ्चालित प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा बंगलादेशको इफाद क्लबले जीत हात पारेको छ ।

स्थानीय कवर्ड हलमा भएको खेलमा इफादले बागेश्वरी क्लबलाई २७–२५, २५–२२ र २६–२४ ले पराजित ग¥यो । आजै भएको अर्को खेलमा नेपाल पुलिसले भारतको स्पोर्ट इन्डिया क्लबलाई २५–१, २५–१४ र २५–१७ बाट लगातार पराजित ग¥यो ।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल सशस्त्र प्रहरी बल र बागेश्वरी क्लब तथा दोस्रो खेल भारतको स्पोर्ट इण्डिया र शिवम् न्यू डायमण्ड क्लबबीच हुनेछ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्