कालो जीरा खादा यस्तो छ फाइदा


 


कालो जीरा शताब्दियौंदेखि भारतीय उपमहाद्वीपको भान्सामा मसलाका रूपमा उपयोग हुँदै आएको छ । औषधिका हिसाबले समेत उत्तिकै प्रयोगमा ल्याइने यो वस्तु एसियाको समशीतोष्ण हावापानी रहेको क्षेत्र तथा युरोपमा उम्रिन्छ ।

कालो जीराको पात प्वाँखजस्तै हुन्छ । यसको फूल सानो, सेतो र गुलाफी हुन्छ । बीउ हँसिया आकारको हुन्छ, तर आवरणविहीन । आयुर्वेद अनुसार, कालो जीरामा भोक र उत्तेजना जगाउने गुण हुन्छ ।

यसमा दुग्धवर्धक गुणसमेत हुन्छ । यसको सुगन्ध गरम मसलाको जस्तै हुन्छ । यसमा वाष्पशीलता उच्च हुन्छ । लिमोनिन, कार्बोन, कार्बिन, कार्बाकोल पनि मुख्य रूपमा पाइन्छ ।

कालो जीराको सेवन मुख्यत: महिलाका लागि लाभदायक हुने गर्छ । मासिक स्रावको पीडाबाट छुटकारा पाउन यो वस्तुको उपयोग अत्यन्त फाइदाजनक हुन्छ ।

गठिया, लुतो, आर्थराइटिससहित पिसाब रोकिने, चिढचिढो हुने जस्ता समस्याको उपचारमा पनि यसको उपयोग अपेक्षित हुन्छ ।

यसको नियमित सेवनबाट पेट दुख्ने, वाकवाक लाग्ने, भोक लाग्ने वा नलाग्ने, अपच हुने लगायतका स्वास्थ्यसम्बन्धी कठिनाइ पनि हट्छन् ।
गर्भावस्थामा भने कालो जीराको सेवन गर्न हुन्न ।

प्रकाशित मिति: १२ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्