धर्तीमै असली पाताल, जमिनभित्रै लुकेको छ यस्तो सच्चाई


 


एजेन्सी
अहिलेसम्म तपाईले तीन लोकमध्ये पताल लोकको बारेमा केही सुन्नुमात्रै भएको होला । यसको कल्पना मात्रै गर्न सकिन्छ । तर, धर्तीमै एक यस्तो ठाउँ छ जुन पाताल लोक जस्तै छ ।

अष्टेलियाको एडिलेट शहराबट करिब ८०० किलो मिटर दूरीमा रहेको यो गाउँ आफैमा अनौठो छ । एक जमिनको छेद भित्र पूरै मानव बस्ती छ ।

यहाँ ६० प्रतिशत मानिसहरु जमीन भित्रै बनेका घरमा बस्छन् । माथिबाट माटोजस्तै देखिने घरको सजावट कुनै महल भन्दा कम छैन ।

सन १९१५ मा यहाँ ओपल स्टोनको खोजका लागि खनन् सुरु भएको थियो । त्यो बेला यहाँ बस्न मानिसलाई समस्या भएको थियो । जब मानिसहरु खननको काम सकाएर घर फर्किनुको साँटो यही घर बनाएर बसे ।

प्रकाशित मिति: ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्