हरभजन सिंहले गरे खुलासा, यसकारण महान कप्तान हुन् एमएस धोनी


 


मुम्बई
भारतीय क्रिकेटका अनुभवी खेलाडी स्पिनर हरभजन सिंह आगामी आईपीएलमा नयाँ फ्रैंचाइजको तर्फबाट खेलिरहेका देखिने छन् ।

पछिल्लो एक दशकदेखि मुंबई इंडियंसको सदस्य रहेका हरभजनलाई आईपीएल–११ को लागि चेन्नई सुपरकिंग्सले खरिदेको छ । उनले चेन्नई सुपरकिंग्सका कप्तान एमएस धोनीको जमेर तारीफ गरेका छन् । उनले धोनीको प्रसंशा गर्दै खेललाई बुझ्ने खेलाडी भनेको नै धोनी भएको भन्दै बताएका छन् ।

३७ वर्षीय हरभजनले धोनीसंग खेल्न सबैभन्दा बढी रमाइलो हुने समेत बताएका छन् । आईपीएलको पहिलो दशकमा मुंबई इंडियन्सको प्रमुख हिस्सा रहेका हरभजन सिंहले टीमलाई च्याम्पियन बन्नमा अहम भूमिका निर्वाह गरेका थिए ।

हरभजन सिंह अब नयाँ सुरुआतका लागि तयार रहेका छन् । साथै एमएस धोनीसंग खेल्न पाएपछि उनी थप उत्साहितसमेत भएका छन् ।

प्रकाशित मिति: ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्