नाइजेरियामा किसान र गोठालाबीच झडप हुँदा १० को मृत्यु



नाइजेरिया, फागुन २२

नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दशको मृत्यु भएको छ ।

किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो ।

नाइजेरियाका मध्य र दक्षिणी क्षेत्रमा भएका झडपहरुको अशंका रुपमा माम्बीलामा झडप भएको र यसले सरकारलाई दबाव बढाएको बताइएको छ ।

प्रदेश प्रहरीका प्रवक्ता डाभीड मिसालले भन्नुभयो, “किसान र गोठालाबीच माम्बीलामा भएको झडपमा परी दश जनाको मृत्यु भएको छ ।”
उहाँले घटनास्थलमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा कारबाही बढाइएको र उच्च सतर्कता अपनााइएको पनि जानकारी दिनुभयो ।

नाइजेरियाका विभिन्न ठाँउमा लामो समय देखिभूमि र पानी अधिकारका विषयमा किसान र गोठालाकाबीचमा बिवाद हुदै आएको छ ।

झडपका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता मिसालले जानकारी दिनुभयो ।

उनीहरुको आन्तरिक झगडाले उग्ररुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन् । रासस÷एएफपी

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News