मलेसियामा नेपालीको मृत्यु


 


क्लालाम्पुर, भदौ १४

रोजगारीका लागि मलेसिया गएका बाँकेका एक युवाको ज्यान गएको छ । तीन वर्षअघि रोजगारीका लागि मलेसिया गएका रनियापुर गाविसको ठाकुरपुरका ३५ वर्षका टोपबहादुर रानाको ज्यान गएको हो ।

रानासँगै बस्दै आएका नेपालीले खाना खानेक्रममा मासु अड्किएर ज्यान गएको भन्दै परिवारलाई खबर गरेका थिए । राना यही भदौ २२ गते नेपाल फर्कने तयारीमा थिए ।

रानाको चार दिनअघि ज्यान गएको हो । रानाको ज्यान गएको खबर आएपछि परिवारमा रुवाबासी चलेको छ । रानाको शव शुक्रबार नेपाल आउने आफन्तले बताएका छन् ।

प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्