पाँच वर्षमा दुई हजार ५५ ले गरे आत्महत्या



मङ्गोलिया

मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् ।

यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ । मङ्गोलियाको सामान्य अभियोक्ताको कार्यालयले गरेको यस सर्वेक्षणको प्रतिवेदनअनुसार यस आत्महत्या गर्नेमा ८४ प्रतिशत पुरुष रहेका छन् ।

बेरोजगारी, घरायसी विवाद, श्रीमान् श्रीमती र प्रेमी प्रेमिकाबीचको सम्बन्ध र आर्थिक अवस्था कमजोर हुनु नै आत्महत्याको कारण रहेको बताइएको छ ।

पूर्वी एशियाली यस राष्ट्रमा जनसंख्याको हिसाबबाट ३० लाखभन्दा मात्र बढी रहेको छ । रासस÷सिन्हवा

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News