सुनको भाउ बढ्यो



काठमाडौं, भदौ १४

सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलामा डेढसय रुपैयाँले बढेर ५० हजार ८ सय ५० रुपैयाँ पुगेको छ । महंगो भएपनि चाडपर्व नजिकिएकाले माग बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ६ सय  ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति: १४ भदौ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्