अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त



वासिङटन, चैत ३

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

“विमानमा सात सैनिक थिए, ती सवैको मृत्यु भएको विश्वास गरिएको छ,” अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने । उनले थपे उनीहरु सवै जना अमेरिकी सेवाका सदस्यहरु रहेका थिए ।

इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News