डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु



एथेन्स, चैत ४

टर्कीबाट ग्रीसतर्फ यात्रा गरिरहेका चार बालबालिकासहित १४ जना शरणार्थीको उनीहरू यात्रारत काठको डुङ्गा शनिबार समुद्रमा डुब्दा मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था आम्नाले जनाएको छ ।

“डुङ्गा दुर्घटनामा परेका १४ जनाको मृत शरीर पानीबाट बाहिर निकालिएको र हराइरहेका तीन जनाको खोजी भइरहेको छ,” ग्रीक सामुद्रिक सुरक्षा गार्डले पनि जनाएका छन् । तर ग्रीक अधिकारीले यसको अझै औपचारिक घोषणा गरेका छैनन् ।

दुर्घटनापछि पौडी खेलेर किनारमा पुग्न सफल केही व्यक्तिले डुङ्गामा २० जना यात्रु रहेको बताए । डुङ्गा वस्तीबाट केही टाढा दुर्घटना भएको र दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन ।

थप यात्रुपनि जीवित पाउने विश्वासमा ग्रीक सामुद्रिक सुरक्षा गार्ड, नौसेनाको पानीजहाज तथा हेलीकोप्टरमार्फत खोजी जारी रहेको बताइएको छ ।
एैजन क्षेत्रमा केही महिना यता डुङ्गा दुर्घटना भएका खबर नआइरहेका समय शनिबारको दुखान्त घटना भएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् ।

सन् २०१५ पछि एैजन सामुद्रिक क्षेत्रमा सयौैं आप्रबासी शरणार्थीले ज्यान गुमाएका राष्ट्रसङ्घको तथ्याङ्क छ ।

यात्राका लागि अत्यन्तै खतरनाक मार्ग मानिने उक्तबाटो विभिन्न मुलुकबाट टर्कीहुँदै ग्रीस पुग्ने शरणार्थीको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो समय शरणार्थीले नाटकीय रूपमा उक्त बाटोको प्रयोग नगरिरहेको समय शनिबार उक्त डुङ्गा दुर्घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News