अाज पनि सुनको मूल्य घट्यो



काठमाडौं, भदाै १७

बुधबार २ सय ५५ रुपैयाँले घटेको सुनको भाउ आज बिहिबार पनि २ सय ५० रुपैयाँले घटेको छ। पछिल्ला केही दिनहरुमा सामान्य घटबढ भइरहेको सुनको मूल्य बुधवार र बिहिबार पनि सामान्यरुपमा घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार  छापावाल सुनको भाउ प्रतितोला ५० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।  यस अघि हिजो बुधबार सुन प्रतितोला ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ तोलाको ६ सय ७५ रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य यस अघि हिजो बुधबार पनि प्रति तोला ६ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News