Deshko News
१४ मंसिर २०८०, बिहिबार

भारतमा फेरि अर्को आन्दोलन सुरु, प्रधानमन्त्री मोदीको निवास अगाडि प्रदर्शन


 


नयाँदिल्ली, चैत २६
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ ।

उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको समाचारमा जनाइएको छ ।

प्रहरीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवास जाने बाटोमा नै प्रदर्शन गरेको दिल्ली प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीले आपूmहरुको माग पूरा नगरेमा प्रदर्शन, आन्दोलनलाई थप शसक्त र फराकिलो बनाउँदै लैजाने सांसद जयदेव गालाले बताउनुभयो । रासस÷पिटीआइ

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्