कोरियामा चार नेपाली कामदार पक्राउ


 


काठमाडाैं भदाै २३

दक्षिण कोरियाको थेगु सहर क्षेत्रबाट अवैधानिक रुपमा बसाेबास गरेका नेपाली सहित  १३ विदेशी कामदार पक्राउ परेका छन् । सोमबार दिउँसो ३.३० बजे कोरियाली अध्यागमन विभागका कर्मचारीले सन्जु बसपार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेका गरेको हो ।

पक्राउ पर्नेमध्ये ४ जना नेपाली कामदार रहेका छन् । त्यस्तै ४ जना भियतनामी र ५ जना  चिनियाँ कामदार रहेका छन । नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा काम गरिरहेका एक नेपालीले जानकारी दिए ।

ती नेपालीका अनुसार अध्यागमन विभागका कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड सुरु गरेको थिए  । कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको थियो ।

यसअघि गत अगस्ट १२ तारिखमा पनि त्यस क्षेत्रमा डाइकस्टिङ कम्पनी काम गरिरहेका ३ महिला  र ४  पुरुष गरि ७ नेपाली कामदार पक्राउ परेका थिए । स्रोत कान्तिपुर दैनिक

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्